ओम सुनारको “राइझुमा” मा मिलन रोकाया र गरिमा शर्मा (भिडियो)

गायक तथा संगीतकार ओम सुनार नया गीत “राइझुमा” को भिडियो सार्वजनिक गरिएको छ । मिलन रोकाया शब्द रहेको “राइझुमा” मा गायक सुनारको संगीत तथा एरेन्ज रहेको छ ।गीतको भिडियो ओमले आफ्नै आधिकारिक यूट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

सुदुर पश्चिममा निकै रुचाइने देउडामा आधारित गीत “राइझुमा”को भिडियोमा मिलन रोकाया र गरिमा शर्मालाई फिचार्ड गरिएको छ।सेर साउदको निर्देशन रहेको भिडियोमा बिष्णु शर्माको सम्पादन र बासु बरालको छायांकन रहेको छ ।

ओम सुनारले बाबु कान्छा,झमक बहादुर, नेप्टे, बुद्ध वाज बोर्न इन नेपाल लगायत दुइ दर्जन भन्दा बढी नेपाली चलचित्रहरुमा स्वर दिएसकेका छन् ।कोरोना कहरकै बिचमा उनले तिज गित “बारीको पाटामा” आफ्नो दर्शक हरु माझ ल्याएका थिए एलिना चौहान संग गाइएको उक्त गीतले राम्रै चर्चा बटुल्न सफल भएको थियो।

Namaste Filmy

Read Previous

बलिउड अभिनेता अर्जुन कपुर कोरोना संक्रमित

Read Next

चर्चित दक्षिण भारतीय अभिनेता जयप्रकाश रेड्डीको निधन