‘प्रेम गीत ३’का निर्देशक छेतन गुरुङको गए राति निधन

चलचित्र लेखक तथा निर्देशक छेतेन गुरुङको निधन भएको छ ।केहि समय देखि लिभरमा समस्या देखिएको गुरुङको गए राति २ बजे मेट्रो हस्पिटल महाराजगंजमामा निधन भएको हो ।उपचारको क्रममा नै उनको निधन भएको ‘प्रेम गीत’ निर्माता सन्तोष सेनले जानकारी दिए ।

कलाकार प्रेम पुरीले छेतेन गुरुङको निधनको गए राति निधन भएको जानकारी दिदै यति बेला गुरुङको प्रथिब शरीर उहाको घरमा राखिएको बताए ।बिहीबार छेतनको अन्तेष्टि गरिने छ ।

छेतेन गुरुङले निर्माता तथा निर्देशक सन्तोष सेनसग सयुक्त निर्देशन गरेको चलचित्र प्रेम गीत ३ प्रदर्शनको तयारीमा रहेको थियो ।गुरुङ यति बेला नया चलचित्र ‘हु तु तु’ निर्देशनको तयारीमा रहेका थिए ।चलचित्र ‘हु तु तु’ को कथा लेख्दै गर्दै गुरुङको लिभरमा समस्या देखिए पछि हस्पीटल भर्ना गरिएको थियो ।‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता सफल चलचित्र लेखेका छेतनले यस अघि चलचित्र ‘डमरुको डण्डीबियो’ को निर्देशन गरेका थिए ।

Namaste Filmy

Read Previous

बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ

Read Next

राजनराज शिवाकोटीको ‘घाँसको माया गाईलाई’ मा दुर्गेश थापा र एलिजा गौतम (भिडियो)