राजनराज शिवाकोटीको ‘घाँसको माया गाईलाई’ मा दुर्गेश थापा र एलिजा गौतम (भिडियो)

दुर्गेश थापा र एलिजा गौतम अभिनित ‘घाँसको माया गाईलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। राजनराज शिवाकोटी र रेखा ढुंगाना कटवालको स्वर रहेको गीतका रचनाकार राजेन्द्र थापा हुन्।गीतमा संगीत पनि गायक शिवाकोटीको नै छ।

शिव विकको निर्देशन तथा कोरियोग्राफी रहेको घाँसको माया गाईलाई मा दुर्गेश र एलिजालाई घाँस काट्न जाँदा बसेको प्रेम जोडीको रुपमा प्रस्तुत गरिएको छ ।बाल कलाकारमा भेनस बिक्रम कटवालको पनि अभिनय रहेको छ।अर्जुन तिवारीको खिचेको भिडियोलाई विकास ज्ञावलीले सम्पादन गरेका हुन् ।

Namaste Filmy

Read Previous

‘प्रेम गीत ३’का निर्देशक छेतन गुरुङको गए राति निधन

Read Next

नायिका पूजा शर्मा र राज कटुवाल अभिनित ‘लिन आउँछु भन्थ्यौ’को भिडियो सार्वजनिक