कमल खत्री ‘पानी पिउने बहाना’गीतको भिडियो सार्वजनिक

गायक कमल खत्री आफ्नो नयाँ गीतको म्युजिक भिडियो मार्फत आफ्ना दर्शक तथा स्रोतामाझ आएका छन् ।गायक खत्रीको संगीत रहेको ‘पानी पिउने बहाना’ बोलको गीतमा शब्दरु सुमन योञ्जनको रहेको छ ।रिकेश गुरुङले उक्त गीतमा संगीत संयोजन तथा मिक्सिङ गरेका छन् ।

कमल खत्री तथा यूआर स्टाइल प्रोडक्सनको प्रस्तुतीमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा अन्तर्राष्ट्रिय मोडल तथा अभिनेता दीपक घिमिरे, मोडल विशाल रेग्मी, गायक कमल खत्री तथा अभिनेत्री रियाशा दाहालले अभिनय गरेका छन् । गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ।

भिडियोमा कलाकारहरुलाई निकै आकर्षक शैलीमा अभिनय तथा नृत्य गराइएको छ ।निर्देशक नितिन चन्दले यो म्युजिक भिडियो निर्देशन गरेका हुन् ।भिडियोलाई निर्देशक चन्दले नै सम्पादन गरेका हुन ।विशाल महराले भिडियोमा कोरियोग्राफी गरेका छन् । रुपेश थापाले यो भिडियो छायांकन तथा कलर करेक्सन गरेका हुन् । भिडियोलाई गायक खत्रीले आफ्नै आधिकारिक यूट्युब च्यानलबाट अपलोड गरेका हुन् ।

Read Previous

किशोर शिवाकोटीको ‘पर्ख तिमीलाई’मा पल शाह र वर्षा शिवाकोटी (भिडियो)

Read Next

खुमन अधिकारी र शान्तीश्री परियारको दशै गीत ‘मर्ने बाच्नेको’को भिडियो सार्वजनिक