चलचित्र पत्रकार संघ चितवनको अध्यक्षमा रवि अधिकारी निर्विरोध।

cps2[dropcap][/dropcap]लचित्र पत्रकार संघ चितवन शाखाको अध्यक्षमा नमस्तेफिल्मी डटकमका प्रधान सम्पादक तथा प्रकाशक रवि अधिकारी निर्विरोध चयन भएका छन । शुक्रबार चितवनको होटल स्टार ब्यानक्युट, टांडीमा सम्पन्न संघको प्रथम अधिवेसनले अधिकारीको अध्यक्षतामा ९ सदसिय नया कार्यसमिति समेत चयन गरेको हो । समितिको उपाध्यक्षमा रामेस्वर रिजाल, सचिवमा गोविन्द अर्याल, सह सचिवमा सागर ढुङ्गाना, कोषाध्यक्षमा हरि कार्की चयन भएका छन । त्यस्तै सदस्यहरुमा ज्ञानेन्द्र तामाङ्, सन्दीप भट्ट , केशव लोहनी, सुरेन कुवर रहनु भएको छ । चलचित्र पत्रकार संघको केन्दिय्र अध्यक्ष शान्ति प्रिय प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा, उपाध्यक्ष विष्णु सुवेदी, साधारण सदस्य सरोज प्याकुरेल, निर्देशक समाजका उपाध्यक्ष सुमन दहाल, चलचित्र निर्देशक विमल पौडेल लगायतको उपस्थिति रहेको थियो । त्यस्तै संघको सल्लाहकार तथा इन्द्रदेव चलचित्र मन्दिर नारायणगढका सञ्चालक मुक्तिलाल पिया, सी म्याक्स सिनेमाका ब्यवस्थापक गोबिन्द रौनियार, पत्रकार महासंघ चितवन शाखाका कोषाध्यक्ष होमनाथ सापकोटा लगायतको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । cpsकार्यक्रममा केन्द्रिय अध्यक्ष शान्ति प्रिय, उपाध्यक्ष बिष्णु सुवेदि, निर्देशक समाजका उपाध्यक्ष सुमन दहाल, निर्देशक विमल पौडेल, निवर्तमान कोषाध्यक्ष रहनुभएको श्यामसुन्दर गिरी लगायतलाई मायाको चिनो समेत वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष शान्ति प्रियले शाखा संग समन्वय गर्दै अघि बढन आफुहरु सधै तयार रहेको बताउनुभयो । त्यस्तै उपाध्यक्ष सुवेदीले चलचित्र पत्रकारले कहिले काहि पत्रकारिताको धर्म भन्दा माथी उठेर काम गर्नुपर्ने भएकाले सबैलाई आफनो कर्ममा खटेर लाग्न आग्रह समेत गर्नुभयो । यता निर्देशकद्धय दहाल र पौडेलले पत्रकारिता चलचित्रकै एउटा पाटो भएको हुदा सधै आफुहरुको साथ रहने उल्लेख गर्नुभयो । कार्यक्रम संघका जिल्ला कार्यवहाक अध्यक्ष रवि अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

cps1

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज: आवारण, ठुलो मान्छे, खुडकिलो, पिपल ।

Read Next

चलचित्रकर्मी युवराज लामालाई राखेप बाट हटाइयो ।