अस्मिता र महेशको ‘लज्जावती झार’ले युट्युब ट्रेन्डिङको शिर्ष स्थान कब्जा (भिडियो)

गायक महेश काफ्लेको गीत ‘लज्जावती झार’ केहि दिन देखि नेपालको युट्युब ट्रेन्डिङको एक नम्बर रहेको छ ।गीतमा महेश काफ्ले सगै अस्मिता अधिकारी पनि स्वर रहेको छ । गीतमा शब्द तथा संगीत पनि महेश स्वयंको छ ।

युट्युबको ट्रेन्डिङ वानमा रहेको यस गीतलाई यो समाचार तयार पर्दा सम्म ६६ हजार भन्दा बढी लाईक मिलेको छ भने ३ हजार ८ डिसलाईक मिलेको छ ।२० लाख भन्दा बढी पटक हेरिएको यस गीतमा करिब ४ हजार कमेन्ट आएको छ ।युट्युबको कमेन्ट बक्समा अधिकांश दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।

भिडियोमा महेश काफ्लेसँगै आँचल शर्मा र असिम शाह फिचर्ड छन् । हरि हुमागाईंले खिचेको भिडियो लोकेश बज्राचार्यले सम्पादन गरेका छन् भने आसिफ शाहले निर्देशन गरेका छन् ।

Namaste Filmy

Read Previous

कंगना रनौट र जया बच्चन बीच लफडा सुरु

Read Next

कंगनाले बलिउड अभिनेत्रीहरुलाई ‘पोर्नस्टार’ भन्न थालेपछि सनी लियोनीसग लफडा सुरु