समिक्षा अधिकारी र प्रविन वेडवालको ‘नबोली नबोली’ सार्वजनिक (भिडियो)

पछिल्लो समय निकै चर्चामा रहेकी गायिका समिक्षा अधिकारी र नेपाल आइडलबाट उदाएका नव गायक प्रविन वेडवालको स्वर रहेको नया गीतको भिडियो सार्वजनिक भएको छ । ‘नबोली नबोली’ बोलको सार्वजनिक गीतमा शव्द , संगीत र एरेन्ज अर्जुन पोख्रेलको रहेको छ ।

बिधान कार्कीले निर्देशन गरेका गीतको भिडियोमा सुधिर श्रेष्ठ र गरिमा शर्माको अभिनय रहेको छ । गीतमा युवा पुस्ताको माया प्रेमको अवस्था चित्रित गरिएको छ ।

भिडियो रेकर्डिङ नरेश बीबीसी, गीतार संजिव बराइली, पोष्टर फोटोग्राफी मिलन ढुङगाना र संजिव लामिछानको रहेको छ । भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने बिकाश दाहालले सम्पादन गरेका हुन् ।

Namaste Filmy

Read Previous

आकाश अधिकारीको नया फिल्ममा सौगात मल्ल, शिव श्रेष्ठ र रबिन्द्र झा

Read Next

बसन्त सापकोटा र एलिना चौहानको ‘भेटौंन फन पार्कको गेटैमा’ गीतको भिडियो सार्वजनिक