गायिका अश्मिता परियारको गीत ‘सुरुवात’को भिडियो सार्वजनिक

नेपाली सांगीतिक आकाशमा सम्भावना बोकेकी नव गायिका हुन अश्मिता परियार । पछिल्लो समय नेपाली सांगीतिक आकाशमा थुप्रै गायक गायिकाहरुको आगमन भयो तर धेरै आए कमैले सफलता पाए । तर यहि भिडमा अर्की गायिकाको आगमन भएको छ गायिका अश्मिता परियारको ।

आधा दशक भन्दा लामो समय संगीतमा लगाव राख्नुभएको अश्मिता ललित कला नेपाल एकेडेमीमा संगितको अध्यापन गरिरहनु भयको छ र उनले संगीता राणा प्रधान र लावणी चक्रवर्ती संग पनि शास्त्रीय संगीत सिकिरहनु भएको छ र यिनै नव गायिका अश्मिता परियारको नयाँ गीत सार्वजनिक भएको छ । र गीत हो “कुन सुरुवात” ।गायिका अश्सांमिता परियारको “कुन सुरुवात ” बाट नेपाली सांगीतिक आकाशमा सांगीतिक यात्रा तय भएको छ । सांगीतिक करिएरमा आफ्नो पहिलो कोसिस लिएर आउनुभएको गायिका परियार गीत “कुन सुरुवात” ले रेकर्ड पश्चात सबै बाट राम्रो तारिफ पाएको थियो र यहि गीतलाई ट्रि ईन्टरटेनमेन्टको युट्ब च्यानलमा मार्फत शनिबार भिडियो सहितको गीत सार्वजनिक गरिएको छ ।

 

शनिबार सार्वजनिक भएको गीतमा शब्द प्रतिमा श्रेष्ठको रहेको छ भने अनिल शाहीको संगित रहेको छ ।संगीतकार अनिल शाही कै आफ्नै स्टुडियो ब्लु बेरी स्टुडियोमा रेकर्ड गरिएको थियो । भिडियोलाई शान थापाले र्निदेशन गरेका हुन ।

Namaste Filmy

Read Previous

बलिउड अभिनेत्री दीपिका पादुकोणसग ड्रग्स विवादमा आज सोधपुछ गर्दै

Read Next

प्रमोद खरेलको ‘ओई कान्छी’ मा पल शाह र पुजा शर्मा (भिडियो)