सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘तीन जन्तु’को टिजर सार्वजनिक

सरकारले फिल्म क्षेत्रको निषेधाज्ञा नखोले पनि फिल्मी गतिविधि भने विस्तारै हुन थालेका छन् । यस्तैमा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ अभिनित फिल्म फिल्म ‘तीन जन्तु’को टिजर सार्वजनिक भएको छ । अर्पण थापाको निर्देशन रहेको फिल्म टिजरमा फिल्मको केही अंस समेटिएको छ ।

फिल्ममा सौगात र सृष्टिका अलावा अर्पण थापा, रविन तामाङ, कालु रानालगायतको मुख्य अभिनय समेटिएको छ । फिल्मले २०३० सालमा घटेको एउटा घटनालाई देखाउन खोजेको निर्माण युनिटले जनाएको छ ।हरि तामाङ, सन्तोष अधिकारी र केल्ली जोय मिलेर निर्माण गरेको फिल्म आगामी पुष १७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने छ ।

फिल्ममा आलोक शुक्लाको छायाँकन, मिलन श्रेष्ठको सम्पादन छ। फिल्मलाई रिच इन्टरटेन्मेन्ट, जि.जि.ए ग्रूप र एफ.डी कम्पनीले वितरण जिम्मा लिएको छ।

Namaste Filmy

Read Previous

दीपिका पादुकोणसग ड्रग्स विवादमा सोधपुछ गर्दै ३ पटक रोइन्

Read Next

चलचित्र ‘लक्ष्मी पूजा’को ‘जिन्दगी’ गीत सार्वजनिक (भिडियो)