चलचित्रकर्मी युवराज लामालाई राखेप बाट हटाइयो ।

[dropcap]रा[/dropcap]ष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव जस्तो महत्वपुर्ण पदमा रहेका नेपाली चलचित्रकर्मी युवराज लामालाई उक्त पदबाट बर्खास्त गरिएको छ  ।  खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले शुक्रबार लामासहित अन्य पांच जनालाई बर्खास्त गरेको हो ।Yuvaraj_lamaलामाको स्थानमा तत्कालको लागी  चुडामणी पौडेललाई नयां सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।  एमाले पार्टीका  मन्त्री पौडेलले मन्त्रिपरिषदको छलफलमा लामालाई हटाइएको जानकारी गराएका थिए । तर लामाले भने यसबारेमा आफुलाई कुनै जानकारी नभएको भन्दै आक्रोश पोखे । उनले यस निर्णयको बिरुद्ध अदालत जाने चेतावनी समेत दिएका छन । लामालाई पदबाट किन हटाइयो भन्नेबारे आधिकारीक धारण आइसकेको छैन ।
लामा ए माओवादी नेतृत्वको सरकार रहदा तत्कालीन बिकास बोर्ड अध्यक्ष गणेश भण्डारीको सिफरिसका राष्टिय खेलकुद परिषदको  सदस्य सचिव नियुक्त भएका थिए ।

Namaste Filmy

Read Previous

चलचित्र पत्रकार संघ चितवनको अध्यक्षमा रवि अधिकारी निर्विरोध।

Read Next

बलिउड हट गर्ल कैटरीनाले ब्लु फिल्म खेलेकै हुन त ?