सारा खान ड्रग्स केसमा परे पछी ‘आत्महत्या गर्नेसम्मको सोच आयोको प्रतिक्रिया

बलिउडको ड्रग्स केसमा धेरै चर्चित अभिनेता र अभिनेत्रीहरु तानिँदै गएका छन् । सुरुमा अभिनेत्रीहरु दीपिका पादुकोण, श्रद्धा कपूर, रकुल प्रित सिंह र सारा अली खान तानिएका थिए । अब यसमा बलिउडकी अर्की सारा खानको नाम पनि मिडियामा आएको छ। टीभकिी चर्चित अभिनेत्री सारा खानको नाम ड्रग्स केसमा तानिएपछि उनले यस विषयमा प्रतिक्रिया दिएकी छिन् ।

टाइम्स अफ इण्डियासँग कुरा गर्दै साराले यो खबरले आफू निकै समस्यामा परेको र चिन्तित भएको बताएकी छिन् । उनले आफूलाई सामाजिक संजालमा निशाना बनाइएको र ड्रग एडिक्ट भनिएको भन्दै यसले निकै तनाव भएको बताएकी छिन् । उनले भनिन् ‘यो घटनापछि म यति धेरै तनावमा थिएँ कि एक समय आफैंलाई मार्ने समेत विचार गरिरहेकी थिएँ ।’

Namaste Filmy

Read Previous

बलिउड अभिनेत्री दीपिका पादुकोणले च्याटमा ड्रग्स नभएर सिगरेट मागेको दाबी

Read Next

दशैंमा रिलिज हुने चलचित्र ‘लक्ष्मीपूजा’को टिजर सार्वजनिक (भिडियो )