दशैंमा रिलिज हुने चलचित्र ‘लक्ष्मीपूजा’को टिजर सार्वजनिक (भिडियो )

कार्तिक ७ गते फूलपातीको दिन रिलिजको घोषणा गर्दै फिल्म ‘लक्ष्मीपूजा’को टिजर सार्वजनिक भएको छ । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मको टिजर सस्पेन्स र रिभेन्ज फ्लेभरको छ । बुढासुब्बा डिजिटलबाट सार्वजनिक टिजरमा फिल्मका कलाकारहरु जाहान्वी बस्नेत, जयकिशन बस्नेत, सलोन बस्नेत, रियाशा दाहाल, नीर शाहलगायत फिचर्ड छन् ।

समिर मियाँको निर्देशन रहेको फिल्ममा शोभित बस्नेत निर्माता छन् । फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ । फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् ।

निर्माता शोभितका अनुसार जाहान्वीको शीर्ष भूमिका रहने फिल्ममा उनी दोहोरो भूमिकामा देखिँदैछिन् । फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ ।

Namaste Filmy

Read Previous

सारा खान ड्रग्स केसमा परे पछी ‘आत्महत्या गर्नेसम्मको सोच आयोको प्रतिक्रिया

Read Next

रक्षा श्रेष्ठ र सरोज मोक्तानले छोडे रियालिटी शो डान्सिङ विथ द स्टार्स