रक्षा श्रेष्ठ र सरोज मोक्तानले छोडे रियालिटी शो डान्सिङ विथ द स्टार्स

रियालिटी शो डान्सिङ विथ द स्टार्स नेपालमा शनिबार बेलुकी निकै दुर्लभ घटना भयो । शनिबार इलिमिनेसन विकको अन्तिम दिन थियो र यो दिनका सबै प्रस्तुती सकिएपछि प्रतियोगितामा सहभागी कूल ११ जोडिमध्ये कुनै एक जोडी शोबाट बाहिरिँदै थियो । दर्शकको भोट र जजले दिएको अंकका आधारमा सबैभन्दा पछि पर्ने कुनै एक जोडी बाहिरिने तय थियो ।

सबैभन्दा तल परेका ३ जोडीको घोषणा गरियो । तीनवटै जोडी स्टेजमा आए । तर बाहिरिने जोडीको घोषणा हुन नपाउँदै अर्कै एक जोडीले आफूहरु शोबाट बाहिरिने घोषणा गरे । पूरै सुरक्षित हुँदाहुँदै पनि बाहिरिने घोषणा गर्ने यो जोडी थियो – हास्य कलाकार रक्षा श्रेष्ठ र कोरियोग्राफर सरोज मोक्तानको जोडी । उनीहरु बाहिरिने घोषणा गरेसँगै अन्तिम ३ मा परेका तीनवटै जोडी बाहिरिनबाट बचेका छन् । शोका निर्देशक र जजहरुको परामर्शपछि तीनवटै जोडीलाई सुरक्षित राख्ने निर्णय भएको छ ।

शोमा गरिएको घोषणाअनुसार प्रतिस्पर्धी रक्षा श्रेष्ठलाई स्वास्थ्य समस्या छ । कोरियोग्राफर सरोज मोक्तानले बताएअनुसार डाक्टरले रक्षालाई २ महिना बेड रेस्ट गर्न भनेका छन् त्यसैले उनी शोका आगामी भागहरुमा सहभागी हुन असमर्थ छिन् । रक्षालाई खासमा भएको के हो भन्ने खुलाइएको छैन यद्यपि उनी शोमा स्वास्थ्यका कारण प्रस्तुतीलाई निरन्तरता दिन नसक्ने भएपछि उनलाई विदाइ गरिएको छ ।

Namaste Filmy

Read Previous

दशैंमा रिलिज हुने चलचित्र ‘लक्ष्मीपूजा’को टिजर सार्वजनिक (भिडियो )

Read Next

जयकिसन बस्नेत अभिनित चलचित्र ‘गोवर गणेश’को अमिलो मोई सार्वजनिक (भिडियो)