जयकिसन बस्नेत अभिनित चलचित्र ‘गोवर गणेश’को अमिलो मोई सार्वजनिक (भिडियो)

नेपाली कथानक चलचित्र ‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ सार्वजनिक भएको छ । नेपाली चलचित्र नगरीमा सफल मानिने एक्सन , कमेडी र सबै खालका अभिनय गर्न प्रखर अभिनेता जय किसन बस्नेत लिड फिचर्ड चलचित्र “गोवर गणेश ” को प्रमोसनल गीत “अमिलो मोई ..” सार्वजनिक भएको ।

कल्याण अधिकारीको निर्देशनमा बिलभ्ड इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको कमेडी एक्सन तथा कमेडी बेसमा आधारित नेपाली कथानक चलचित्र “गोवर गणेश “को गीतमा अहिलेको चर्चित नायिका एलिना रायमाझी लाई फिचर्ड गरिएको छ । एलिना चौहान र नीशान भट्टराईको आवाज रहेको यस गीतमा रिमेश कुमारको संगीत रहेको छ।

जय किसान बस्नेत, सि.यम भारद्वाज सुवेदी ,मुनम मल्ल ठकुरी ,भोमन कटुवाल,राजु किराँत, हिमाल राई, अजय खड्का , शिशिर भट्टराई ,टेकेन्द्र न्यौपाने लगायाताको अभिनय रहेको यस चलचित्रमा राजु किरातको एक्सन रहेको छ । भोमन कटुवालको कथा रहेको यस चलचित्रमा पटकथा तथा संबाद भोमन कटुवाल र कल्याण अधिकारीको रहेको छ । अनिल कुमार महर्जनको सम्पादन रहेको यस चलचित्र लाई मोहन कुमार झिल्लुले खिचेका हुन ।

हरि कुमार कटुवाल निर्माता रहेको यस सिनेमा लाई चलचित्र घर खुल्ले लगतै प्रदर्शन गरिने बताईएको छ ।यस चलचित्रको डिजिटल सर्वाधिकार साईराम पिक्चर्स लाई दिइएको छ।

Namaste Filmy

Read Previous

रक्षा श्रेष्ठ र सरोज मोक्तानले छोडे रियालिटी शो डान्सिङ विथ द स्टार्स

Read Next

सञ्चारकर्मी रघुनाथ सापकोटाको चलचित्रमा नाजिर हुसेन