सञ्चारकर्मी रघुनाथ सापकोटाको चलचित्रमा नाजिर हुसेन

अभिनेता नाजिर हुसेनले नयाँ चलचित्र साइन गरेका छन् । उनले सोमबार सेलिब्रेटी नेपालको ब्यानरमा बन्ने एक ‘अनटाइटल’ चलचित्र साइन गरेका हुन् । सञ्चारकर्मी रघुनाथ सापकोटा निर्माता रहने चलचित्रमा यम थापाको पटकथा तथा संवाद रहने छ । चलचित्रको नाम, निर्देशक तथा अन्य कलाकारहरु भने फाइनल गरिएको छैन् ।

सामाजिक कथावस्तुमा बन्ने चलचित्र फागुनबाट फ्लोरमा जाने निर्माणपक्षको योजना छ । नाजिर राम्रो अभिनय क्षमता भएका अभिनेता हुन् । उनले लकडाउनपछि यसअघि सन्तोष सेनको ‘हुतुतु’ पनि साइन गरिसकेका छन् ।

निर्माता सापकोटाले फिल्मको बारेमा जानकारी दिँदै भने- ‘अहिले हामी प्रि-प्रोडक्सनमा व्यस्त छौं । स्क्रिप्टलाई थप बलियो बनाउन मिहेनत गरिरहेका छौं । फिल्मले नेपाली समाजको कहालीलाग्दो यथार्थलाई प्रस्तुत गर्नेछ । स्क्रिप्टलाई हुबहु पर्दामा उतार्न कुनै कसर बाँकी राख्ने छैनौं ।’ फिल्मको काठमाडौंलगायतका स्थानमा छायांकन हुनेछ ।

Namaste Filmy

Read Previous

जयकिसन बस्नेत अभिनित चलचित्र ‘गोवर गणेश’को अमिलो मोई सार्वजनिक (भिडियो)

Read Next

कलाकार हरिवंश आचार्य र श्रीमती रमिला देवी कोरोना संक्रमित