अभिनेत्री काजल अग्रवालले अक्टोबर ३० मा बिहे गर्दै

अभिनेत्री काजल अग्रवालले बिहे गर्ने भएकी छिन् । मंगलबार अग्रवालले आफ्नो इन्स्टाग्राममार्फत व्यावसायी गौतम कित्च्लुसँग विवाह गर्ने घोषणा गरेकी हुन्। विवाह अक्टोबर ३० तारिखमा मुम्बईमा हुन लागेको हो।

‘यो कुरा बताउन पाउँदा म एकदम खुशी छु कि म गौतम कित्च्लुसँग मुम्बईमा परिवारबीच सानो निजी समारोहमा सन् २०२० अक्टोबर ३० गते विवाह गर्दैछु,’ अग्रवालले आफ्नो इन्स्टाग्राममा लेखेकी छिन्।

काजल विगत १६ वर्षदेखि फिल्म उद्योगमा छिन् । उनले फिल्म क्यों हो गया ना बाट डेब्यू गरेकी थियन् त्यसपछि उनी दक्षिण भारतीय फिल्मतिर लागिन् । उनी दक्षिण भारतमा निकै चर्चित अभिनेत्री हुन् । उनले हिन्दी फिल्ममा पनि राम्रो पहिचान बनाइसकेकी छिन् । काजलले अजय देवगनसँग फिल्म सिंघममा काम गरेकी थिइन् ।उनले सिंगम, मुम्बई सागा, मागाधीरा, जिल्ला, पेरिस पेरिस, टेम्पर लगायतका सिनेमामा खेलेकी छिन्।

Namaste Filmy

Read Previous

बलिउड अभिनेत्री रिया चक्रवर्ती जमानतमा छुटिन

Read Next

मेलिना राईको ‘ के दिउ खै’ मा आचल शर्मा र बिकास लामिछाने (भिडियो)