मेलिना राईको ‘ के दिउ खै’ मा आचल शर्मा र बिकास लामिछाने (भिडियो)

आचल शर्मा र बिकास लामिछाने अभिनित नयाँ गीत ‘ के दिउ खै’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेलिना राईको स्वर रहेको गीत्क्मा एकनारायण भण्डारीको शब्द र आशिस अविरलको संगीत सुन्न सकिन्छ ।

रोमान्टिक शैलीको म्यूजिक भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । संचारकर्मी समेत रहेका आचार्य पछिल्लो समय म्यूजिक भिडियो निर्दशनमा व्यस्त छन् ।

म्युजिक भिडियोमा अनायसै आफ्नो प्रेमीलाई भेटेपछि अत्तालिएकी प्रेमिकाको मनोभावलाई प्रस्तुत गरिएको छ । कर्णाली इन्टरटेनमेन्टले निर्माण गरेको म्यूजिक भिडियोमा उत्सब दाहालको छायाँकन , नविन निरौलाको सम्पादन ,राजिब समरको कोरियोग्राफी रहेको छ ।

Namaste Filmy

Read Previous

अभिनेत्री काजल अग्रवालले अक्टोबर ३० मा बिहे गर्दै

Read Next

रमण रेग्मी र मेलिना राईको “ मेसो पा छैन“ पुष्प खड्का र उषा उप्रेती (भिडियो)