सना खानले गरिन बलिउड परित्याग

बिग बोस, जय हो जस्ता फिल्महरुमा काम गरिसकेकी अभिनेत्री सना खानले जायरा वसीमको बाटो समातेकी छिन् । सनाले बलिउडसहित मनोरञ्जन क्षेत्रको काम छोडेकी छिन् । यो जानकारी उनले सामाजिक संजालमार्फत दिएकी हुन् । सनाले लामो पोस्ट लेख्दै अब मानवताको सेवामा लाग्ने बताएकी छिन् ।

उनले आफ्नो निर्माता अर्थात अल्लाहको निर्देशनको पालना गर्ने बताएकी छिन् । सनाले २००५ मा हिन्दी फिल्म यही है हाइ सोसाइटीबाट डेब्यू गरेकी थिइन् । त्यसपछि उनले कैयौं हिन्दी, तेलुगु, तमिल, मलायालम र कन्नड फिल्ममा काम गरिन् । उनी बिगबोस, फियर फ्याक्टर जस्ता रियालिटी शोमा पनि पुगिन् ।

यसअघि सिक्रेट सुपरस्टार गर्ल जायरा वसिम पनि जून २०१९ मा फिल्म उद्योगबाट बाहिरिएकी छिन् । जायरा किशोरी उमेरमै करिअरले ठूलो उडान लिने बेलामा ठूला अवसर छाडेर बलिउडबाट बाहिरिएकी हुन् । जायराले पनि आफू मनोरञ्जन उद्योगबाट बाहिरिनुको कारण धर्म बताएकी थिइन् ।

Namaste Filmy

Read Previous

रमण रेग्मी र मेलिना राईको “ मेसो पा छैन“ पुष्प खड्का र उषा उप्रेती (भिडियो)

Read Next

अक्षय कुमारको फिल्म लक्ष्मी बमको ट्रेलरमा कमेडी नै कमेडी (भिडियो )