अक्षय कुमारको फिल्म लक्ष्मी बमको ट्रेलरमा कमेडी नै कमेडी (भिडियो )

बलिउड अभिनेता अक्षय कुमारको फिल्म लक्ष्मी बमको ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा अक्षय कुमारसँगै मुख्य भूमिकामा कियारा आडवाणी छिन् । कियरा चलचित्रमा हट अवतारमा प्रस्तुत भएकी छिन् ।

ट्रेलरमा अक्षय आफ्नो पुरानै कमेडी स्टाइलमा देखिएका छन् । ३ मिनेट ४० सेकेण्डको ट्रेलर हरर फिल्म भएको बताउन पर्याप्त छ जसले अक्षयको पुरानो फिल्म भुलभुलैयाको याद दिलाउँछ ।

राघव लोरेन्सले निर्देशन गरेको लक्ष्मी बम ९ नोभेम्बरमा डिज्नी हटस्टारमा रिलिज हुँदैछ ।यो फिल्म डिज्नी प्लसको साथै अस्ट्रेलिया, न्यूजील्याण्ड र यूएइको हलमा पनि प्रदर्शन गर्ने तयारीमा छ ।

Namaste Filmy

Read Previous

सना खानले गरिन बलिउड परित्याग

Read Next

सरिता भारती र हेम श्रेष्ठको मार्मिक गीत ‘यसपालीको दशैं’को भिडियो सार्वजनिक