सरिता भारती र हेम श्रेष्ठको मार्मिक गीत ‘यसपालीको दशैं’को भिडियो सार्वजनिक

यो वर्षको दशैंका लागि नयाँ गीत आउने क्रम जारी छ । यसै क्रममा नजिकिँदै गरेको दशैंलाई लक्षित गरेर गायिका सरिता भारती र गायक हेम श्रेष्ठले आफ्नो युगल स्वरमा नयाँ दशैं गीत ‘यसपालीको दशैं…’ को भिडियो दर्शक श्रोतामाझ ल्याएका छन् । यो गीत काठे भाकामा तयार गरिएको छ ।

यो दोहोरी भाकाका लय सँकलन तथा संगीत हेम श्रेष्ठकै रहेको छ । काठेभाकामा आफ्नो फरक परिचय बनाईसकेका हेमको यो गीत निकै मार्मिक बनेको छ । गीतमा गायिका सरिता भारतीसँग हेमको युगाल स्वर सुहाउको छ । सोहीकारण यो गीतलाई अहिले दर्शकले रुचाएका छन् ।

यो गीतलाई गीतकार डब्बु क्षत्रीले लेखेका हुन् । बिदेशमा रहेर विभिन्न कारणले घर आउन नसकेका नेपाली कामदारहरु र उनीहरुका परिवारको पीडालाई यो गीतमा समेटिएको गीतकार डब्बु क्षत्रीले बताएका छन् । गीतको भिडियोलाई पनि क्षत्रीले नै निर्देशन गरेका हुन् ।

गीतको भिडियोमा गायिका सरिता भारती आफैं मोडलको रुपमा प्रस्तुत भएकी छिन् । सरिता अभिनेता श्रीदेब भट्टराईको जोडी यसमा सुहाएकोे छ । उनीहरु यसमा दम्पत्तिको भूमिकामा छन् । आफ्नो आमा, श्रीमती छोरा छाडेर भाईसँग बिदेश गाएका नेपाली कामदारले दशैंमा आउन नपाउँदा पोखेको पीडा यो गीतमा प्रस्तुत गरिएको छ । भिडियोमा चरित्र अभिनेत्री विद्या कार्की, कलाकार नारायण श्रेष्ठ लगायतले अभिनय गरेका छन् । यो गीतलाई रामकृष्ण थापाले संगीत संयोजना गरेका हुन् ।

Namaste Filmy

Read Previous

अक्षय कुमारको फिल्म लक्ष्मी बमको ट्रेलरमा कमेडी नै कमेडी (भिडियो )

Read Next

सुशान्त सिंह राजपुत केसमा करण जौहर देखि संजय लीला भंसालीलाई अदालतमा उपस्थित हुन आदेश