मलेसियामा हटकेक सुर्बिनाले गरिन पुस्तक बिमोचन ।

राजेन्द्र कार्की ।
surbinaचलचित्र झेलीको प्रर्दशनका लागि मलेशिया पुगेका टिमले त्यहाँ स्थित नेपालीहरुले प्रकाशित गरिएको पुस्तक बिमोचन कार्यक्रममा सहभागी भएका छन । गत मंगलबार भएको ‘मुग्लानी सन्देश’ साहित्यीक पत्रिकाको बिमोचनको उपलक्ष्यमा झेलीका निर्माता, भेषमान श्रेष्ठ, उहाँ की श्रीमती रत्नमाया श्रेष्ठ र नायिका सुरबिना कार्की उपस्थित भएका हुन । मलेसियामा रहेका साहित्य प्रति झुकाव भएका तथा नेपाली साहित्यकारहरु संगठित भई प्रकाशन गरिन लागेको सो पुस्तकको बिमोचन कार्यक्रममा नायिका सुरबिनालाई प्रमुख अतिथीको रुपमा आमन्त्रण गरिएको थियो । पुस्तक बिमोचनको अवसर पारेर मलेसिया स्थित नेपाली समाजले नायिका सुरबिनालाई सम्मान समेत गरेको थियो । पहिलो चलचित्रबाट नै प्रशंसा बटुल्नका साथै नव नायिका विधामा समेत नोमिनेसनमा परेकी सुरबिनालाई मलेसियामा निर्माण गर्न लागिएको म्यूजिक भिडियामा समेत अभिनय गर्ने अवसर मिलेको छ । नेपालीहरुको निमन्त्रणामा मलेसिया पुगेका सो तिन जनाको टोलीले चलचित्र झेलीको एक सो भने प्रर्दशन गरिसकेका छन भने अब दुइ सो प्रर्दशनको तयारीमा रहेका छन ।

दुइ हप्ताका लागि उहाँहरु मलेसिया प्रस्थान गरेकोमा अझै केहि दिन मलेसियामा नै रहने कार्यक्रम रहेको छ । यता नायिका सुरविना भने कार्तिक र नाइके दुइ चलचित्रमा ब्यस्त रहँदा रहँदै मलेसिया पुगेकी थिइन । फर्कन्दा उहाँ अन्य चारवटा चलचित्रका लागि अनुबन्धित हुने पक्का पक्की नै भइसकेको छ ।

Namaste Filmy

Read Previous

बलिउड हट गर्ल कैटरीनाले ब्लु फिल्म खेलेकै हुन त ?

Read Next

भर्जिन ब्वायफ्रेन्डको कुरा गर्दै हिरोइनहरु । भिडियो ।