गायक आशिष सचिनको ‘पानी बादलु’ एलिशा शर्मा ,सरोज अधिकारी रआश्मा विश्वकर्मा (भिडियो)

‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी–पछ्यैरी’लगायतका चर्चित गीतका लोकप्रिय गायक आशिष सचिन (गौतम) को नयाँ गीत ‘पानी बादलु’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘पानी बादलु’ बोलको गीतमा आशिषसँगै रेश्मा पुनले स्वर दिएकी छन् । डान्सिङ शैलीमा तयार भएको गीतमा लोकप्रिय संगीतकार दीपक शर्माको शब्द तथा संगीत सृजना समावेश रहेको छ । सार्वजनिक गीतको भिडियोमा गायक आशिषसँगै मोडल एलिशा शर्मा, कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य रहेको छ ।

 

साथै भिडियोमा पवन खतिवडा ‘म्याकुरी’ र खड्ग बहादुर पुन ‘खबपु’को पनि अभिनय देख्न सकिन्छ । पछिल्लो समयका चर्चित निर्देशक गम्भीर विष्टको निर्देशन, कन्सेप्ट तथा करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारी र टिमको छायांकन रहेको छ । निर्देशक विष्टकै कोरियोग्राफी रहेको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् । सुप्रिम पराजुलीको सम्पादन रहेको गीतको छायांकन अर्जुन तिवारी र उनको टिमले गरेको हो । जसको मिक्सिगं श्यामश्वेत रसाइलीले गरेका हुन् । कोरोना महामारीको समयमा पनि आफ्ना फ्यानलाई दशैँ विशेष कोशेलीका रुपमा ‘पानी बादलु’को भिडियो दिन पाउँदा खुशी लागेको गायक आशिष बताउँछन् ।

Namaste Filmy

Read Previous

गायक भुवन प्यासीको मार्मिक गीत ‘यसपाली को दशैं तिहार’ सार्वजनिक (भिडियो)

Read Next

एलिना चौहान र अञ्जान सूर्यको ‘नजाऊ नभन’को भिडियो सार्वजनिक