पुजा शर्मा र सन्तोष विक्रम खड्गी ‘डार्लिङ तिमी बांलाः’ मा (भिडियो)

पुजा शर्मा र सन्तोष विक्रम खड्गीको अभिनय रहेको नेपाली, नेवारी, स्पेनिश फ्युजनमा आधारित गीत डार्लिङ तिमी बांलाः सार्वजनिक गरिएको छ । सन्तोष विक्रम खड्गीको स्वरमा रहेको उक्त गीतको भिडियो स्वयं खड्गीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतको भिडियो ललितपुरको मंगलबजारमा छायांकन गरिएको हो । गीतको भिडियोलाई अहिलेका व्यस्त तथा चर्चित चलचित्र सम्पादक शाहिल खानले निर्देशन गरेका हुन् । उनका लागि पनि यो गीतको भिडियो चुनौतिका रुपमा बजारमा आएको छ । किनभने, यसअघि उनले कुनै गीतको निर्देशन गरेका छैनन् । गीतबारे शाहिल भन्छन्, ‘गीत असाध्यै मन परेरै मैले निर्देशन गर्न राजि भएको हुँ । यो गीत सफल हुन्छ भन्नेमा म ढुक्क छु ।’

निर्मल विकको रिरिक्स, म्युजिक तथा विजेश्वरको एरेन्जमा समेटिएको यो गीतको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, राजेन्द्र मोक्तानको रङ संयोजन, सुदीप बरालको छायांकन रहेको गीतलाई मिलन श्रेष्ठ र शाहिल खानले संयुक्त रुपमा सम्पादन गरेका हुन् ।

Namaste Filmy

Read Previous

बलिउड अभिनेता संजय दत्तको क्यान्सरलाई जिते

Read Next

जयकिशन र जाहान्वीको चलचित्र ‘लक्ष्मी पूजा’ आजबाट डिजिटल प्लेटफर्ममा रिलिज