सामाजिक बिषयवस्तुमा आधारित लघुचलचित्र घटनास्थल सार्वजनिक

सामाजिक बिषयवस्तुमा आधारित लघुचलचित्र  घटनास्थल सार्वजनिक गरिएको छ । निर्देशक आभास रानाद्धारा निर्देशित घटनास्थलको फूलपातीको दिनमा सार्वजनिक गरिएको हो ।

समाजमा आपराधिक मनोवृत्तिका मानिसहरुमा पनि मानवीयता र करुणभाव हुन्छ भन्ने चलचित्रद्धारा देखाउन खोजिएको निर्देशक रानाले जानकारी दिए । चितवनमै छायांकन तथा सम्पादन गरिएको उक्त चलचित्रमा मुख्य भूमिकामा देव आर्यन, आभास राना, सपना रम्तेल, जस्मिन अधिकारी रहेका छन । यस्तै चलचित्रमा मेघराज पौडेल, कृष्णराज भट्ट, विशाल सिंह र नवराज क्षेत्रीको अभियनय रहेको छ ।

रानाका अनुसार चलचित्रमा एक अर्काप्रति आपराधिक र दुश्मन मनोवृत्ति विकास भई हत्या गर्न लागिएको अवस्थामा अपराधीले पश्चाताप मानी अपराध गर्न छोडेको बिषयबस्तुमा चलचित्रको कथा घुमेको छ । अपराधीहरु पनि बाध्यता र गलत संस्कार र संगतका कारण अपराधिक क्रियाकलापमा लागेको भएपनि उसमा मानवीय भावना ओतप्रोत भई अप्रिय घटना हुन नपाएको कथामा देखाउन खोजिएको छ । ‘अपराधीमा पनि मानवीय भावना हुन्छ, निर्देशक रानाले भने, यो चलचित्रले समाजमा यस्ता घटना न्यूनिकरण गर्न सहयोग पुग्नेछ ।’ लघुचलत्रिको कथा, छायांकन, परिकल्पना, सम्पादन पनि राना स्वयंले गरेका हुन । पिक्सेल प्यालेसद्धारा निर्माण गरिएको यो चलचित्र दर्शकले ‘पिक्सेल प्यालेस स्टुडियो’ युट्युब च्यानल मार्फत हेर्न सक्नेछन ।

यसअघि रानाले व्हाइट रिस्क,चितवन चकलेट, वाफ, मोड, चिम्टा लगायत दर्जनौ चलचित्रमा निर्देशन गरिसकेका छन भने सयभन्दा बढी मयूजिक भिडियोको निर्देशन समेत गरिसकेका छन । निर्देशक राना चितवन आधारित क्षेत्र रहेर समसामयिक र सामाजिक कथावस्तुमा चलचित्र निर्माण गर्ने अब्बल निर्देशक मानिन्छन ।

Namaste Filmy

Read Previous

चलचित्र ‘चिलगाडी’ निर्माणको औपचारिक घोषणा,जनकदिप पराजुलीले निर्देशन गर्ने

Read Next

गायक बसन्त लम्सालको ‘डाँफे चरी’ मा पल शाह र रियासा दाहाल (भिडियो)