बलिउडकी चर्चित गायिका नेहा कक्कडले विवाह गरिन

बलिउडकी चर्चित गायिका नेहा कक्कडले विवाह बन्धनमा बाँधिएकी छन् । उनले शनिबार अर्थात २४ अक्टुवर रोहनप्रीत सिंहसँग विवाह गरेकी हुन् । दुबैको विवाह दिल्लीको उत्तर नगरको एक गुरुद्धारमा भएको थियो । विवाह पछि दुबै एयरोसिटीस्थित होटल जे डब्ल्यु म्यारियट पुगेका थिए । त्यहाँ दुबैपक्षको नजिकका आफन्त, साथीहरुको उपस्थिति रहेको थियो ।

विवाह समारोहमा दुबैले एकै कलरको आउटफिट्स लगाएका थिए । नेहा क्रिम कलरको लेहंगामा सजिएकी थिइन् । उनले यसको अलवा हेवी मेकअप, झुमकाको अलवा हातमा चुरा समेत लगाएकी थिइन् । नेहा दुलहीका रुपमा निकै सुन्दर देखिन्थिन् ।

रोहनप्रीतले पनि नेहाकै कलरको शेरवानी लगाएका थिए । नेहा र रोरनप्रीतको विवाह भिडियोले अहिले चर्चा बटुलिरहेको छ । भिडियोमा नेहा र रोहनप्रीत एकअर्कालाई बरमाला लगाउँदै गरेको समेत देख्न सकिन्छ । विवाह अगाडि नेहा र रोहनप्रीतको हल्दी र संगीत कार्यक्रमको भिडियो समेत बाहिर आएको थियो । जुन भिडियोले समेत चर्चा बटुलेको थियो ।

Namaste Filmy

Read Previous

गायक बसन्त लम्सालको ‘डाँफे चरी’ मा पल शाह र रियासा दाहाल (भिडियो)

Read Next

केजीएफ २ मा संजय दत्तको एक्सन सिन काटिने