बलिउड अभिनेत्री दीपिका पादुकोणकी म्यानेजको घरबाट ड्रग्स बरामद

बलिउड अभिनेत्री दीपिका पादुकोणकी म्यानेजर करिश्मा प्रकाशको घरमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले मंगलबार छापा मारेर ड्रग्स बरामद गरेको छ । यससँगै ब्यूरोले करिश्मालाई फेरि सोधपुछको लागि बोलाएको छ । यसअघि पनि २ पटक करिश्मासँग सोधपुछ भइसकेको छ । एक पटकको सोधपुछमा करिश्मासँग दीपिकालाई पनि राखिएको थियो । जानकारीका अनुसार छापा मार्दा करिश्मा घरमा थिइनन् ।

एनसीबीका जोनल डाइरेक्टर समीर वानखेडेने एक भारतीइ अखबारसँग कुरा गर्दै बिहीबार बिहान करिश्मालाई सोधपुछका लागि एनसीबीओ कार्यालयमा उपस्थित हुन नोटिस जारी गरिएको छ । केही दिन पहिले दीपिका र करिश्माबीच ड्रग्सका विषयमा च्याटमा कुरा भएको पाइएको थियो । यसअघिको सोधपुछमा दीपिकाले च्याटमा चुरोटको बारेमा कुरा भएको दावी गरेकी थिइन् तर अब ड्रग्स नै भेटिएपछि भने उनी थप समस्यामा पर्न सक्छिन् ।

Namaste Filmy

Read Previous

‘बले’ र इकुले आँचल शर्मालाई अष्ट्रेलिया लैजान हानाथाप (भिडियो)

Read Next

अक्षय कुमारको फिल्म लक्ष्मी बम विवादमा परे पछि नाम नै चेन्ज