प्रताप, एन्जिला र मिस्टर आरजेकोको ‘प्रेमिका’मा बद्री बिस्ट र रियाषा दाहाल (भिडियो )

डान्स स्टुडियो ”डी वाक”को निर्माणमा बनेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक प्रताप दास र गायिका एन्जिला रेग्मीको आवाज र मिस्टर आरजेको र्यापमा सजिएको गीत ‘प्रेमिका’मा डी पी खनालको शब्द र भिम बि सी को संगीत रहेको छ । बद्री बिस्ट र रियाषा दाहालको मुख्य अभिनय तथा नृत्य रहेको भिडियोमा डी वाक र नेपाली ठिटोज टिमले साथ दिएका छन ।

बद्री बिस्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।युवाहरुले मनपराउने विभिन्न नृत्यहरुमा म्युजिक भिडियो बनाइरहेको भिडियो निर्माता डी वाक’ले यो भिडियोलाइ पनि पहिलाको भिडियो हरुलाई जस्तै युवायुवतीहरुले मन पराउने विश्वास लिएको छ ।

Namaste Filmy

Read Previous

अभिनेत्री काजल अग्रवालको बिहेको तस्बिर इन्टरनेटमा भाइरल

Read Next

बलिउड महानायक अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता