बलिउड महानायक अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता

बलिउडका महानायक अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता भएको छ । अमिताभ बच्चनले संचालन गर्दै आएको टेलिभिजन शो कौन बनेगा करोडपतिका कारण अमिताभसहित केबीसीको निर्माण टिमविरुद्ध मुद्दा दर्ता भएको हो । लखनउमा दर्ता भएको केसमा अमिताभ र केबीसीका निर्माताविरुद्ध हिन्दुहरुको भावनामा ठेस पुर्याएको आरोप लगाइएको छ ।

बिहीबार राती प्रशासन भएको कर्मवीर विशेष भागमा अमिताभ बच्चनले सोधेका थिए ‘२५ डिसेम्बर १९२७ मा डा. भीमराव अम्बेडकर र उनका अनुयायीहरुले कुन धर्मग्रन्थको प्रति जलाएका थिए ?’ यसको जवाफको लागि ४ विकल्पहरु विष्णु पुराण, भागवत गीता, ऋग्वेद र मनुस्मृति थिए ।

यो प्रश्नको जवाफका विकल्पहरुमा सबै हिन्दू धर्मग्रन्ध मात्र भएपछि अमिताभ बच्चन विवादमा परेका हुन् । हिन्दू धर्मका मात्र ग्रन्थको विकल्प दिएर हिन्दूहरुको भावनामा चोट पुर्याएको आरोपसहित उजुरी दर्ता भएको हो । सबै हिन्दू धर्मका ग्रन्थहरुको मात्रै विकल्प दिइएपछि सामाजिक संजालमा पनि अमिताभको आलोचना भइरहेको छ । सामाजिक संजालमा ‘के अमिताभले भागवत गीता र ऋग्वेदको स्थानमा बाइबल र कुरान राख्ने सक्थे ?’ भनेर प्रश्न उठाइएको छ ।

Namaste Filmy

Read Previous

प्रताप, एन्जिला र मिस्टर आरजेकोको ‘प्रेमिका’मा बद्री बिस्ट र रियाषा दाहाल (भिडियो )

Read Next

फिल्म ‘कृष्ण लिला’मा दीपिका प्रसाईको ठाउमा श्रद्धा क्षेत्री