अनमोल केसी र सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ युटुबमा रिलिज

अनमोल केसी र सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ युटुबमा रिलिज भएको छ ।चलचित्रले हलमा सुपरहिटको व्यापार गरेको थियो । यो चलचित्रमा नायक अनमोल केसी सुपरस्टार गायकको भूमिकामा देखिएका छन् । यस्तै, नायिका सुहाना थापालाई भने उनको फ्यानको भूमिकामा देखाइएको छ ।

हलमा रिलिज भएको डेढ बर्षपछि युटुबमा रिलिज भएको चलचित्र‘ए मेरो हजुर ३’ लाई झरना थापाले निर्देशन गरेका हुन् । यसअघि झरनाको निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर २’ सुपरहिट भएको थियो ।

‘ए मेरो हजुर ३’ मा भने अनमोल र सुहानासँगै सरोज खनाल ,सलोन बस्नते, अर्पण थापा, रबिन्द्र झा लगायतको अभिनय रहेको छ ।युटुबमा आउनु अगाडि चलचित्रलाई विदेशमा, टीभीमा पनि रिलिज गरिएको थियो । चलचित्र ‘ए मेरो हजुर ३’ युटुबमा रिलिज भैरहँदा चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सुरु गरिसकेको छ ।

सुहाना इन्टरटेनमेन्टको प्रस्तुतीमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा निर्देशक थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व र सञ्जय लामाको छायांकन छ ।हिमाल केसीको द्वन्द्व निर्देशन तथा कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको ‘ए मेरो हजुर ३’ लाई दिर्घ खड्काले सम्पादन गरेका छन् ।

Namaste Filmy

Read Previous

बलिउड अभिनेता विजय राज जमानतमा रिहा

Read Next

अश्लिल भिडियो सुट गरेको आरोपमाअभिनेत्री पुनम पाण्डे पक्राउ