अश्लिल भिडियो सुट गरेको आरोपमाअभिनेत्री पुनम पाण्डे पक्राउ

अश्लिल भिडियो सुट गरेको आरोपमाअभिनेत्री पुनम पाण्डे पक्राउ परेकी छन् ।उनी बिरुद्ध गोवाको अगौडामा अश्लिल भिडियो सुट गरेको एफआईआर दर्ता भएको थियो । गोवा पुलिसले उनलाई पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरिएको तस्बिर समेत बाहिर आएको छ । तस्बिरमा पुनम पति श्याम बाम्बेका साथ देखिएकी छन् । अश्लिल भिडियोको मामलामा पुनम पाण्डेसँग सोधपुछ गरिने गोवाका एसपीले बताएका छन् ।

उनीबिरुद्ध गोवा परवर्ड पार्टीकी महिला विंगले एफआईआर दर्ता गरेका हुन् । पहिला विंले पुनमलाई गोवा सरकारको जल संशाधन विभागको प्रोपर्टीमा एक ‘पोर्न’ फोटोशुट गरेको आरोप लगाएकी छन् । पुनमले गत सेम्बटेम्बरमा प्रेमी श्याम बम्बेसँग बिवाह गरेकी थिइन् । पुनम अक्सर केही न केही कारणले सधै चर्चामा रहने गर्दछिन् ।

Namaste Filmy

Read Previous

अनमोल केसी र सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ युटुबमा रिलिज

Read Next

रामकुमार पाँडे र राजाराम पौडेललाई भैरव पुरस्कार