गायक राजु लामाको गीत ‘तिम्रो साथ विना’ को भिडियो सार्वजनिक

गायक मंगोलियन हर्ट राजु लामाको स्वर रहेको गीत तिम्रो साथ विना शुक्रवार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।
राजधानीको दरवारमार्गस्थित किङरिङ लञ्जवारमा एक कार्यक्रमको आयोजना गर्दै गीतको निर्माण टिमले गीतको भिडियो सार्वजनिक गरेको हो ।

कुमार स्याङग्बाको शब्द रचनालाई निमा लामा दोङले संगीत भरेको गीत तिमी विनाको साथमा मंगोलियन हर्ट राजु लामासँगै गायिका निर्मला घिसिङको पनि स्वर समावेश छ ।दोलखाको पर्यटकीय स्थल कालिञ्चोक आसपास बढि लगानीमा छायाँकन गरिएको गीतमा आसमान तामाङ वाईबा र अमिता दोङको अभिनय रहेको छ ।अजय स्याङताङले निर्देशन गरेको गीतलाई विक्रम मोक्तान र चक्र महर्जनले खिचेका हुन् । आसमानसँगै विना घलानको लगानी गीतमा रहेको छ ।

कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नृत्य निर्देशक संघका पूर्व अध्यक्ष दिनेश पाख्रिन, नायिका चाँदनी मोक्तानलगायतको उपस्थिती रहेको थियो ।मंगोलियन हर्ट राजु लामाले धेरै समयको अन्तरालमा तिम्रो साथ विना बजारमा ल्याएका हुन् । दोलखाको पर्यटकीय संभावनालाई ध्यानमा राखेर कालिञ्चोकमै छायाँकन गरेको निर्माण पक्षले जानकारी दिएका छन् ।

Namaste Filmy

Read Previous

रामकुमार पाँडे र राजाराम पौडेललाई भैरव पुरस्कार

Read Next

गायिका अस्मि रिसालको तिहार गीत “देउसीरे “मा सुरबिना र नरेन (भिडियो)