गायिका अस्मि रिसालको तिहार गीत “देउसीरे “मा सुरबिना र नरेन (भिडियो)

संगीतकार तथा गायिका अस्मि रिसालको तिहारको नयाँ गीत “देउसीरे ” सार्वजनिक भएको छ । कर्ण चापागाईको शब्द रचनामा संगीतकार सुरेश अधिकारीको संगीत रहेको यस गीतमा नेपाली चलचित्र नगरीको चर्चित नायिका सुरबिना कार्की र अभिनेता नरेन खड्का र गायिका अस्मि रिसाल र दिपिका थापालाई फिचर्ड गरिएको छ।

नेपाली गीत लगायत भारतीय गीतमा पनि अवाज तथा अभिनय गरी सकेकी गायिका अस्मि रिसाल नेपाली सांगितक आकाशमा आफ्नो छुट्टै पहिचान बनाउने कोसिसमा रहेकी छिन। सांगीतिक र अभिनयको कक्षा लिएकी गायिका रिसालले यो पटकको तिहार पर्वको लागी आफ्ना दर्शक श्रोतालाई शुभकामना स्वोरुप यो गीत “देउसीरे” सार्वजनिक गरेकी हुन् ।

यस गीतमा सौरब लामाको सिनेमाटोग्राफी ,मित्र गुरुङको सम्पादन रहेको छ।निर्देशक रामजी लामिछानेको कोरियोग्राफ तथा निर्देशनमा तयार भएको यस गीतलाई ओ एस आर डिजिटलको आफिसिएल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो

Namaste Filmy

Read Previous

गायक राजु लामाको गीत ‘तिम्रो साथ विना’ को भिडियो सार्वजनिक

Read Next

अस्मिता अधिकारी र गुणराजको ‘दोबाटोमा चौतारी’ सार्वजनिक (भिडियाे)