अस्मिता अधिकारी र गुणराजको ‘दोबाटोमा चौतारी’ सार्वजनिक (भिडियाे)

गायक गुणराज श्रेष्ठ र गायिका अस्मिता अधिकारीको ‘दोबाटोमा चौतारी’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । गीतमा सुष्मा देवकोटाको शब्द रहेको छ भने सुवाश भुसालले संगीत भरेका छन् । ‘फील’ स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा एरेन्ज उदयराज पौडेल र मिक्सिङ अशोक महर्जनको छ ।

पछिल्लो समयका व्यस्त मोडल सुधिर श्रेष्ठ, श्रृस्टी खड्का गायक स्वयंम अभिनित उक्त गीतको भिडियो उत्कृष्ट बनेको छ । भिडियोलाई निशा कश्यपले निर्देशन गरेकी हुन् । उत्सव दाहालले छायांकन गरेको भिडियोमा सुरेन्द्र बसेलको नृत्य निर्देशन रहेको छ ।

Namaste Filmy

Read Previous

गायिका अस्मि रिसालको तिहार गीत “देउसीरे “मा सुरबिना र नरेन (भिडियो)

Read Next

अमिताभ बच्चन र अजय देवगन सात वर्षपछि  ‘मेडे’मा सगै काम गर्दै