अमिताभ बच्चन र अजय देवगन सात वर्षपछि  ‘मेडे’मा सगै काम गर्दै

बलिउड अभिनेता अमिताभ बच्चन र अजय देवगन पर्दामा पुनः एकसाथ देखिने भएका छन्।अजय देवगणले ७ बर्ष अगाडि नायक अमिताभ बच्चनसँग चलचित्र ‘सत्याग्रह’मा एकसाथ काम गरेका थिए । अब, ७ बर्षपछि अजय र अमिताभ फेरि एकसाथ पर्दामा देखिने भएका छन् ।

नायक अजय देवगणले निर्देशन गर्न लागेको चलचित्र  ‘मेडे’ मा नायक अमिताभ बच्चनले अभिनय गर्ने भएका हुन्। चलचित्रमा अजयले पायलटको भूमिका निर्वाह गर्नेछन् । अजय देवगन र अमिताभ बच्चनले पहिला पनि एकसाथ कयौं सुपरहिट र शानदार फिल्म गरिसकेका छन् जसमा ‘मेजर साब’, ‘खाकी’, ‘सत्याग्रह’,र ‘हम किसी से कम नही’ छन्।

यो फिल्मका लागि अजय र अमिताभ तय भइसकेको भएपनि अन्य कलाकारको छनौट बाँकी रहेको छ। फिल्मको काम डिसेम्बरबाट हैदराबादमा सुरू हुनेछ।अजयले यी फिल्मका अलावा हाल ‘छलांग’, द बिग बुल’ र ‘त्रिभंगा’ फिल्म बनाइ रहेका छन्। यसैगरी उनी ‘सूर्यवंशी’, आरआरआर’ र ‘मैदान’मा देखिनेछन्।

Namaste Filmy

Read Previous

अस्मिता अधिकारी र गुणराजको ‘दोबाटोमा चौतारी’ सार्वजनिक (भिडियाे)

Read Next

ड्रग्स केसमा बलिउड अभिनेता अर्जुन रामपालको घरमा छापा