भर्जिन ब्वायफ्रेन्डको कुरा गर्दै हिरोइनहरु । भिडियो ।

[dropcap][/dropcap]छिल्लो समय फिल्मको हिरोइनहरु सेक्सका मामलामा उदार देखिन्छन । यसै मामलामा नायिका निशा अधिकारी र सुस्मिता ढकाल पनि भर्जिन ब्वायफ्रेन्ड बारे बहस गरिरहेको भिडियो सार्वजनिक भएको छ ।

भिडियो:यो रियल लाइफको भिडियो नभई प्रदर्शनको लागी तयार फिल्म ‘मेरो भ्यालेन्टाइन’को अफिसियल हल ट्रेलर हो ।
निर्देशक सुरज सुब्बा नाल्बोले निर्देशन गरेको फिल्मको हल ट्रेलर युटुबमा रिलिज गरिएको हो । शुशिल श्रेष्ठको प्रस्तुतिमा सफ्ट इमेजद्धरा निर्मित फिल्मको सम्पुर्ण काम सकिएर प्रदर्शनको लागी तयार रहेको निर्देशक नाल्बोको भनाई छ । फिल्ममा निशा र सुस्मिताको अपोजिटमा बाबु बोगटी र स्वतन्त्रप्रताप शाहले अभिनय गरेका छन । निर्देशक नाल्बोकै स्कृप्ट रहेको फिल्ममा शम्भु सापकोटाको छयांकन, रोशन श्रेष्ठको द्धन्द, बनिष शाहको सम्पादन, सुगम पोखरेल, बाबु बोगटी र स्वप्निल शर्माको संगीत र गोविन्द राई, अराज केशव र नरेन लिम्बुको नृत्य रहेको छ । फिल्मको सम्पुर्ण छयांकन काठमण्डौ तथा चितवनका विभिन्न रमणिय स्थानहरुमा गरिएको हो । माया प्रेम र मित्रताको कथालाई चित्रण गरिएको फिल्मको रिलिज मिति भने निश्चित भैसकेको छैन ।mero valentine

Namaste Filmy

Read Previous

मलेसियामा हटकेक सुर्बिनाले गरिन पुस्तक बिमोचन ।

Read Next

बलिउड कलाकार नेपाली फिल्म 'टाइगर द रियल हिरो'मा ।