ड्रग्स केसमा बलिउड अभिनेता अर्जुन रामपालको घरमा छापा

बलिउड अभिनेता अर्जुन रामपालको घरमा भारतको नारकोटिक्स कन्टेल ब्यूरोले छापा मारेको छ । बलिउड ड्रग्स केसको सिलसिलामा अर्जुनको मुम्बइको बान्द्रास्थित घरमा छापा मारिएको हो । एनसीबीका अधिकारी अर्जुनको घरमा आज बिहान पुगेका थिए ।

एनसीबीले अर्जुनलाई ११ नोभेम्बरमा एनसीबी कार्यालयमा हाजिर हुनको लागि कानुनी नोटिस पठाएको छ । अर्जुनको घरमा केही डिजिटल उपकरण सिल गरिएका छन् । यी उपकरणको एनसीबीले जाँच गर्ने बताइएको छ । आइतबार मात्रै एनसीबीले बलिउड निर्माता फिरोज नाडियावालाको घरमा पनि छापा मारेको थियो ।

Namaste Filmy

Read Previous

अमिताभ बच्चन र अजय देवगन सात वर्षपछि  ‘मेडे’मा सगै काम गर्दै

Read Next

अस्मिता र विशालको ‘यो धड्कन’मा एलीजा गौतम र आशिस कुमार (भिडियो)