बिश्व र अस्मिताको ‘आकाशै को’ मा रोचक जोशी र मुना गौचनको रोमान्स (भिडियो)

गायक बिश्व नेपाली र अस्मिता परियारको स्वर रहेको ‘आकाशै को’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ ।आनन्द राईको संगीत रहेको गीतमा डा. राजु बाबु श्रेष्ठको शब्द र गोपाल रसाईलीको संगीत संयोजन रहेको छ । भिडियो ट्री इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

दिपेश सापकोटाले निर्देशन गरेको भिडियोमा रोचक जोशी र मुना गौचनको अभिनय देख्न सकिन्छ । रोचकको यो डेब्यु भिडियो हो । कानुन विषयमा स्नातक गरेका रोचक हाल एभरेस्ष्ट फिल्म एकेडेमीमा फिल्म अध्ययन गरिरहेका छन् ।

त्यस्तै ‘फेस अफ क्लासिक डायमंड २०१७’ विजेता मुनाले केहि समय अघि ‘रंग लगाया तुने’ बोलको हिन्दि गीतको भिडियोमा पनि अभिनय गरेकी थिइन् । केहि नेपाली फिल्ममासमेत काम गरिसकेकी मुनाले यसै भिडियो मार्फत कमब्याक गरेकी हुन् ।गीतको भिडियो बिशाल प्रजापतिले छायांकन गरेका हुन् ।

Namaste Filmy

Read Previous

अस्मिता र विशालको ‘यो धड्कन’मा एलीजा गौतम र आशिस कुमार (भिडियो)

Read Next

पत्रकार सुरज पौडेलको निर्देशनमा ‘जिवन सुनमा सुगन्ध’ सार्वजनिक (भिडियो)