बलिउड अभिनेता सलमान खानलाई कोरोनाको शंका ,आइसोलेसनमा बसे

बलिउड अभिनेता सलमान खानले आफूलाई आइसोलेट गरेका छन् । सलमानका ड्राइभरसहित अन्य २ स्टाफ कोरोना संक्रमित पाइएपछि सलमानले आफूलाई आइसोलेट गरेका हुन् । सलमानले अहिले बिग बोस होस्ट गरिरहेका छन् । यस्तोमा आगामी एपिसोडका लागि उनी उपलब्ध हुन्छन् वा हुँदैनन् भन्ने हेर्न बाँकी नै छ ।

सलमानले हालै राधे फिल्मको सुटिङ पनि सुरु गरेका छन् । फिल्ममा उनीसँग अभिनेत्री दिशा पाटनी हुनेछिन् । पछिल्लो २–३ महिनामा कैयौं बलिउड सेलिब्रेटीले काम सुरु गरेका छन् । कोरोना महामारी र लकडाउनका कारण फिल्मको सुटिङ रोकिएको थियो । कोरोनाको खतरा अहिले पनि छँदैछ यसका बावजुद फिल्म उद्योगले विस्तारै काम सुरु गर्दैछ ।

Namaste Filmy

Read Previous

कोरोना जितेर हास्यकलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज

Read Next

फिल्म समिक्षक गोकर्ण गौतमको निधन