फिल्म समिक्षक गोकर्ण गौतमको निधन

फिल्म समिक्षक गोकर्ण गौतमको बिहीवार निधन भएको छ । मष्तिष्कको नशामा समस्या आएपछि शल्यक्रिया गर्दा रक्तश्राव भइ उनको बिहीबार बिहान निधन भएको हो ।

गत वर्षदेखि कान्तिपुर दैनिकमा कला, साहित्य सम्बन्धी कलम चलाउँदै आएका उनी यसअघि नेपाल साप्ताहिकमा कार्यरत थिए । कला,साहित्य सम्बन्धी कलम चलाउँदै आएका पत्रकार गौतमको बिहीबार बिहान साढे ११ बजे बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल)मा निधन भएको हो । मष्तिष्कको नशामा समस्या आएपछि उनी सोमबार अस्पताल भर्ना भएका थिए ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि ३१ वर्षिय गौतमको बिहीवार शल्यक्रिया गरिएको थियो । उनको शल्यक्रियाको क्रममा रक्तश्राव भइ उनको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । पत्रकार गौतम समसामियक विषयवस्तु तथा सामजिक विषयहरुमा पनि कलम चलाउँथे ।

Namaste Filmy

Read Previous

बलिउड अभिनेता सलमान खानलाई कोरोनाको शंका ,आइसोलेसनमा बसे

Read Next

बलिउड अभिनेता शाहरूख खानको चलचित्र ‘पठान’को सुटिङ सुरू