बलिउड अभिनेता शाहरूख खानको चलचित्र ‘पठान’को सुटिङ सुरू

बलिउड अभिनेता शाहरूख खानले आफ्नो नयाँ फिल्मको सुटिङ सुरू गरेका छन्। बलिउड हंगामाका अनुसार यशराज फिल्मस्को ब्यानरमा बन्ने ‘पठान’ मा मुख्य भूमिकाका लागि शाहरूखले सुटिङ सुरू गरेका हुन्।

यो खबरले शाहरूखका धेरे फ्यानहरू उत्साहित भएका छन्। नहून् पनि किन, दुई वर्षदेखि उनीहरूले शाहरूखलाई कुनै फिल्ममा देख्न पाएका छैनन्। शाहरूखको पछिल्लो फिल्म सन् २०१८ मा आएको ‘जिरो’ हो।

यसपछि शाहरूखले २० वटाभन्दा स्क्रिप्ट हेरेर अस्वीकार गरेको बलिउड हंगामाले लेखेको छ। उनका पछिल्ला फिल्म बक्स अफिसमा राम्ररी नचलेपछि स्क्रिप्टका बारेमा धेरै ध्यान दिइरहेका बताइएको छ।

आदित्य चोपडाको निर्माणमा बन्ने ‘पठान’ का लागि यो वर्षको सुरूआतमै शाहरूखले सम्झौता गरेका थिए। यसको निर्देशन ‘वार’ फिल्मका निर्देशक सिद्धार्थ आनन्दले गरेका हुन्। त्यसकारण फिल्म पठानमा एक्सन धेरै हुने अनुमान गरिएको छ। यसको सुटिङ भने बल्ल अहिले सुरू भएको हो।

‘शाहरूख खानले यशराज स्टुडियोमा पठानको सुटिङ सुरू गरेका छन्। शाहरूख पुनः काममा फर्किएको देखेर टिमलाई नै खुसी लागेको छ,’ बलिउड हंगामाले लेखेको छ, ‘शाहरूख आफैं पनि यसका लागि निकै उत्सुक छन्।’

तर यसबारेमा यशराज फिल्म्सले कुनै औपचारिक जानकारी दिएको छैन। बलिउड हंगामाका अनुसार यो फिल्ममा दीपिका पादुकोण र जोन अब्राहम पनि छन्। तर उनीहरूको सुटिङ सन् २०२१ मा मात्र हुने बताइएको छ।

Namaste Filmy

Read Previous

फिल्म समिक्षक गोकर्ण गौतमको निधन

Read Next

स्मिता दाहाल र राजनराज शिवाकोटीको ‘मालिङ्गो’मा राजेश हमाल (भिडियो)