स्मिता दाहाल र राजनराज शिवाकोटीको ‘मालिङ्गो’मा राजेश हमाल (भिडियो)

पछिल्लो समय गीत सगीत मार्फत चर्चा रहेको नेकपा अध्यक्ष पुष्पकमल दाहालकी नातिनी स्मिता दाहालको स्वर रहेको  नया गीतको भिडियो सार्वजनिक भएको छ । ‘मालिङ्गो’ बोलको सार्वजनिक गीतमा स्मिता र राजनराज शिवाकोटीको स्वर रहेको छ । भिडियोमा राजेश हमाल पत्रिका पुर्याउने हकरको भूमिकामा देखिएका छन् । सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत, उदयराज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ छ ।

गीतको भिडियो मा स्मिता दाहाल अभिनेता राजेश हमालको जोडी भएर देखिएकी छिन् । ‘मालिङ्गो’ बोलको गीतको भिडियोमा स्मिता राजेशसँग रोमान्टिक देखिएकी हुन् ।भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ । भिडियोमा राजेश हमाल पत्रिका पुर्याउने हकरको भूमिकामा देखिएका छन् ।

सुनिल क्षेत्रीको कथा तथा कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियोमा भुपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको कलर करेक्सन, नवराज उप्रेतीको छायांकन र सरोज ओलीको निर्देशन छ ।

Namaste Filmy

Read Previous

बलिउड अभिनेता शाहरूख खानको चलचित्र ‘पठान’को सुटिङ सुरू

Read Next

‘डिसेम्बर फल्स’मा आर्यन सिग्देल र सलोन बस्नेत