कमेडियन भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचिया पक्राउ

नारकोटिक्स कन्ट्रोल ब्युरोले कमेडियन भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचियालाई पक्राउ गरेको छ । उनीहरुको घरमा शनिबार ब्यूरोले छापा मारेको थियो । उनीहरुको घरमा गाँजा भेटिएको बताइएको छ । ड्रग्सको सेवनको आरोपमा ब्यूरोले उनीहरु दुवैलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ ।

एक ड्रग्स तस्करसँग सोधपुछका क्रममा यी दुईले पनि ड्रग्स लिने गरेको खुलासा भएको बताइएको छ । त्यसपछि पुलिसले उनीहरुको अंधेरी, लोखंडवाला र वर्सोवामा रहेको घरमा छापा मारेको थियो । उनीहरुको घरमा लागूऔषध भेटिएको बताइएको छ । यसअघि बलिउड अभिनेता अर्जुन रामपालको घरमा पनि छापा मारिएको थियो ।

अभिनेता सुशासन्त सिंह राजपुतले आत्महत्या गरेपछि शुरु भएको लागु औषध अनुसन्धानले बलिउडका हस्तीहरु लागुऔषधमा फसेको देखाएको थियो। नार्कोटिक्स विभागले लगातार बलिउड कलाकारमाथि छानविन गरिरहेको छ।

Namaste Filmy

Read Previous

‘डिसेम्बर फल्स’मा आर्यन सिग्देल र सलोन बस्नेत

Read Next

कमेडियन भारती सिंह जेलवाट छुटे पछि कपिल शर्माको शोमा देखिने