वरुण धवन र सारा अली खान अभिनित ‘कुली नम्बर वान’को कमेडी ट्रेलर सार्वजनिक (भिडियो)

बलिउडको चर्चित फिल्म ‘कुली नम्बर वान’को ट्रेलर रिलिज भएको छ । फिल्मको ट्रेलर कमेडीले भरिपूर्ण छ ।फिल्म ‘कुली नम्बर वान १९९५ मा प्रदर्शनमा आएको ‘कुली नम्बर वान’ को रिमेक हो ।

गोविन्दा र करिश्मा कपूर यसअघि मुख्य भूमिका रहेको ‘कुली नम्बर वान’ वरुण धवन र सारा अली खान मुख्य भूमिकामा देखिएका छन् । ट्रेलरमा वरुण धवन अलग–अलग चरित्रमा देखिएका छन् । त्यस्तै, सारा अली खानको कमेडी र क्युटनेस दुुबै उत्कृष्ट देखिएको छ ।

ट्रेलर हेरेपछि निर्देशक डेभिन धवनले फिल्मलाई मनोरञ्जनात्मक बनाउन कुनै कसर बाँकी राखेका छैनन् भन्ने स्पष्ट हुन्छ । फिल्ममा परेश रावलले सारा अली खानका बाबुको भूमिका निभाएका छन् । त्यस्तै, जोनी लिवरको कमेडीले पनि निकै हसाउँछ । फिल्ममा जावेद जाफरी, राजपाल यादवलगायतका कलाकारहरु पनि छन् ।

यस अघि य फिल्म १ मेईमै सिनेमा घरमा रिलिज हुने तय थियो, तर कोरोना भाइरसका कारण रिलिज मिति सरेको थियो अब भने चलचित्र । ओटीटी प्लेटफर्म अमेजन प्राइममार्फत रिलिज हुदैछ । २५ डिसेम्बर २०२० मा अमेजन प्राइम भिडियोमा फिल्म कुली नम्बर वान रिलिज हुनेछ । फिल्म ‘कुली नम्बर वान’लाई पनि डेविड धवनले नै निर्देशन गरेका थिए ।

Namaste Filmy

Read Previous

संगीतकार दीपक शर्माको उषा उप्रेतीसँग रोमान्स (भिडियो)

Read Next

पुष्प खड्का र श्रद्धा श्रेत्रीको फिल्म ‘कृष्ण–लीला’को छायांकन सुरु