नायिका श्वेता खड्काले प्रेमी विजयेन्द्र सिंह रावतसग मंसिर २२ मा बिहे गर्दै

केहि समय देखि धनगढीका विजयेन्द्र सिंह रावतसग प्रेम सम्बन्धमा रहेकी नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको छ ।

धनगढी घर भएका विजयेन्द्र सिंह रावत लामो समय देखि चितवनमा आधुनिक झ्यालढोकाहरु निर्माण गर्ने भगत मेटलका संचालक हुन् ।कोरोनाले देश लकडाउन देखिने नायिका श्वेता खड्का चितवनमा बस्दै आएकी थिइन् ।यसपालीको दशैंको दिनमा नायिका खड्का पहिला टिका नै विजयेन्द्रको परिवारसग लगाउन चितवन आए सगै विजयेन्द्र र श्वेताको फोटो र सम्बन्ध सार्वजनिक भएको थियो । यस अघि नायिका स्वेता खड्काले यो बर्षको मातातिर्थ औसीमा विजयेन्द्रकी आमालाई शुभकामना समेत दिएकी थिइन् ।

स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ ।यति बेला श्‍वेताले विवाह गर्न लागेको बिहेको कार्ड सार्वजनिक भए सगै नायिका स्वेता खड्काले छोटो प्रतिक्रिया दिदै ‘बिहे गर्ने पक्का भएको हो । बाँकी जानकारी म पछि दिनेछु भनेकी छिन् ।

स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो । यसपछि, स्वेताले चलचित्र ‘कान्छी’ निर्माण गरिन् ।

Namaste Filmy

Read Previous

‘झन् झन् माया बढ्यो’भन्दै नरेश भट्टराई र एलिजा गौतम (भिडियो)

Read Next

‘डिसेम्बर फल्स’मा आर्यन सिग्देलसग उपासना सिंह ठकुरीले रोमान्स गर्ने पक्का