‘स्टार एफ.एम म्यूजिक अवार्ड’मा गायक प्रेमध्वज प्रधानलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

राजेन्द्र कार्की
माघ २९
काठमाण्डौं स्थित स्टार एफ एमले आज पहिलो पल्ट स्टार एफ एम एवार्ड बितरण गरेको छ । प्रज्ञाप्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा २४ विद्यामा सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।स्टार एफ.एमले पहिलो पटक आयोजना गरेको ‘स्टार एफ.एम म्यूजिक अवार्ड’मा गायक प्रेमध्वज प्रधानलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको छ ।1797220_698133760236920_274358926_nउनलाई नगद २५ हजार सहित सम्मानित गरिएको हो ।साथमा रेडियोकर्मी कृष्णा ताम्राकारलाई रेडियोकर्मी सम्मानबाट सम्मानित गरिएको छ । गायन तर्फ राष्ट्रिय भावनाले ओतप्रोत गीत तर्फ उन्नती बोहरा, पप गायन तर्फ नविन के भट्टराई, पप संगीतकार राजु सिंह, चलचित्र गीतकार डा. कृष्णहरी बराल, पाश्र्व गायन तर्फ मिलन अमात्य र स्वरुपराज आचार्य, चलचित्र संगीतकार बसन्त सापकोटा, लोकगीत तर्फ लोकप्रिय गीत “बोत्तलको पानी…..”भोजराज काफ्ले एवार्ड प्राप्त गरेका छन् ।1801004_587213324689603_1837266253_nनव प्रतिभा लोक गायन तर्फ मौसम गुरुङ्ग, लोकदोहरी शब्द एक नारायण भण्डारी, उत्कृष्ट लोकदोहरी गायन तर्फ देवी घर्ती मगर, लोकदोहरी गायक कुलेन्द्र बिक, उत्कृष्ट लोकदोहरी भाकामा रामजी खाँडले समेत स्टार एफ एम एवार्ड प्राप्त गर्नु भएको छ । कार्यक्रममा नेपाली चलचित्रकी स्टार नायिका रेखा थापा, लोकगायीका कोमल वली लगायत गीत–संगीत तथा नेपाली कलाकर्मीहरुको भब्य उपस्थिती रहेको थियो । कार्यक्रममा विल्सन विक्रम राईले उपस्थित कलाकर्मीहरुलाई ब्यङ्ग गर्दै हास्य प्रहसनको प्रस्तुतीले उपस्थित दर्शक तथा कलाकर्मीहरुमा थप रोनकता थपिएको थियो ।

Namaste Filmy

Read Previous

फाल्गुनमा हुने भनिएको राजेश हमालको विवाह सर्यो । अब बैशाखमा हुन सक्ने संकेत ।

Read Next

'आवारण'को गीतले भन्छ बोलीको के भर ? (भिडियो)