बलिउड कलाकार नेपाली फिल्म 'टाइगर द रियल हिरो'मा ।

prakash[dropcap][/dropcap]स्विरमा बलिउड सुपरस्टार गोविन्दा संगै उभिएको ब्यक्ति हुन प्रकाश बि सी । उनी नेपाली हुन । कैलाली स्थायी घर भएका प्रकाश सानै देखि परिवारसंगै मुम्बई बसेका थिए । मुम्बईमै रहदा त्यहि बाट कलाकारिता सुरु गरेका उनी अन्तत बलिउड कलाकारको रुपमा चिनिए । बलिउडका कयौ सुपरस्टारहरुसंग सहायक का रुपमा काम गरेका उनले चर्चित क्राइम शो ‘सि आइ डी’ मा पनि अभिनय गरे । कलाकारितामै रमाउने क्रममा उनले धेरै बलिउड फिल्मकर्मी हरु संग संगत गरे ।prakash finalउनी चर्चित गायक सोनु निगम, सुपरस्टार गोविन्दा, आदित्य पंचोली लगायतसंग अत्यन्त निकट रहेर विभिन्न कामहरु पनि गरे । त्यस्तै उनले मराठी फिल्म ‘नमक’, धार्मिक हिन्दी सिरीयल ‘खाटु श्याम’ लगायतमा पनि अभिनय गर्न भ्याए । यसरी बलिउडमा निकै संघर्ष गरिसकेका प्रकाश अब भने पहिलो पटक नेपाली फिल्ममा डेब्यु गर्दैछन । उनलाई नेपाली फिल्ममा डेब्यु गराउदैछन निर्देशक राजु गिरीले ।
गिरीको निर्माणको क्रममा रहेको फिल्म टाइगर द रियल हिरोबाट प्रकाश नेपाली फिल्ममा इन्ट्री गर्दैछन । फिल्ममा उनको खतरानाक र महत्वपुर्ण भुमिका रहेको बताइन्छ । मुम्बइमा हुने विभिन्न नेपाली कार्यक्रमहरुमा सहभागी भइरहने प्रकाशले कार्यक्रमकै सिलसिलामा राजुलाई चिनेका थिए । नेपाली फिल्म खेल्ने आफ्नो मनदेखि कै चाहना रहेको प्रकाशको भनाई छ । उनी भन्छन – ‘नेपाली भएकैले नेपाली फिल्मप्रति मेरो अति नै रुचि छ । त्यसैले म आफै पनि छिट्ट नेपाली फिल्ममा लगानी गर्छु ।’tiger the real heroफिल्म ‘टाइगर द रियल हिरो’मा प्रकाशको अलवा शुभेच्छा थापा, अशोक फुयांल, सुरज रानाभाट, समिक्षा अर्याल लगायतको पनि अभिनय छ । अहिले फिल्मको विभिन्न प्राविधिक कामहरु भइरहेको छ । फिल्मबाट नेपाली दर्शकहरुले आफुलाई मन पराउनेमा प्रकाश ढुक्क छन ।
त्यस्तै ‘टाइगर द रियल हिरो’ पछि उनको अर्को नेपाली फिल्म आउने भएका छन । नरेन्द्र सिहं ठकुरीले निर्देशन गरेको ‘मेरो भरोसा’ नामक फिल्ममा प्रकाश मुख्य भुमिकामा छन । फिल्ममा उनी संगै प्रेणुका राईको पनि मुख्य अभिनय छ । फिल्मलाई हेमन तामाङले खिचेका हुन भने फिल्ममा ज्योतीकुमार सुनार र सुनिल सिहं ठकुरी को संगीत तथा अशोक बिक को नृत्य रहेको छ । फिल्ममा प्रकाश स्वयमको द्धन्द रहेको छ । फिल्मको विभिन्न नेपाली शहरहरुमा च्यारिटी शो गरिदैछ ।
mero bharosa

Namaste Filmy

Read Previous

भर्जिन ब्वायफ्रेन्डको कुरा गर्दै हिरोइनहरु । भिडियो ।

Read Next

दर्शकले असार २७ मा 'चिहान' हेर्न पाउने ।