बलिउड अभिनेता वरुण धवनलाई कोरोना संक्रमण

बलिउड अभिनेता वरुण धवनलाई कोरोना संक्रमण देखिएको छ। यसबारे वरुण आफैले इन्स्टाग्राममार्फत जानकारी गराएका हुन्। हिन्दुस्तान टाइम्स अनुसार, वरुण फिल्म ‘जुग जुग जिओ’ को सुटिङ चलिरहेको बेला कोरोना संक्रमण पुष्टि भएको हो। फिल्म चन्दिगढमा सुटिङ भइरहेको थियो।

उनले आफ्ना प्रशंसकलाई भनेका छन्, ‘मैले तपाईंहरूको शुभकामना मेसेजहरू पाए। त्यसको लागि हृदयबाटै धन्यवाद!’अभिनेता वरुण मात्र होइनन्, फिल्ममा उनको सहकर्मी नितु कपुर र फिल्मका निर्देशक राज मेहतासमेतलाई समेत कोरोना संक्रमण पुष्टि भएको हिन्दुस्तान टाइम्सले लेखेको छ। फिल्म टोलीका अभिनेता अनिल कपुर र अभिनेत्री कायरा आडवाणीको रिपोर्ट भने नेगेटिभ आएको छ।हाल वरुण र राज मेहता चन्दिगडमै क्यावरेन्टाइनमा बसिरहेका छन्।

Namaste Filmy

Read Previous

समिक्षा अधिकारी र साजन श्रेष्ठको ‘त्यस्तै त्यस्तैमा’ सार्वजनिक (भिडियो)

Read Next

गायक समीर आचार्यको‘हतारमा’आर्यन सिग्देल र बर्षा राउत(भिडियो)