समिक्षा अधिकारी र सुनिल कटुवालको ‘केटो अलि कमाउने होस्’ सार्वजनिक (भिडियो)

गायक सुनिल कटुवाल र गायिका समिक्षा अधिकारीको स्वरमा नयाँ गीत ‘केटो अलि कमाउने होस्’ सार्वजनिक गरिएको छ । दिग्गज धौरालीको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

गीतको भिडियोमा लोकप्रिय मोडल सुधिर श्रेष्ठ र श्रेया सिटौलासँगै अजय मगर र अस्मिता अधिकारीलाई देख्न सकिन्छ । उत्सव दाहालले खिचेको भिडियो बिधान कार्कीले निर्देशन गरेका हुन् । भिडियो बिशाल इन्टरटेनमेन्टको युट्युवमा हेर्न सकिन्छ ।

बुधबार राजधानीको बत्तिसपुतलीस्थित बिग फुडल्याण्डमा पत्रकार भेटघाट कार्यक्रम गरी सार्वजनिक गरिएको भिडियो नेप्सिनेको ब्यानरमा निर्माण भएको हो ।

गायक सुनिलले यसगीतबाट ठुलो आशा लिएको बताए । उनी यसअघिका गीत जस्तै दर्शकले मन पराउनेमा आशावादी छन् । सुनिलले गाएका दर्जनौं गीत मध्ये ‘कपुरी क’, ‘ताराबाजी लैलै’ बोलको गीत चर्चित छन् । यस्तै दुई महिना अघिमात्रै सुनिलका ‘मुखैमा राम राम’ र ‘डिजिटल फोटो’ गीत सार्वजनिक भएका थिए ।

Namaste Filmy

Read Previous

आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’मा सलमान खान देखिदै

Read Next

गायक प्रकाश ओझाको ‘भन्दे’मा मुकुन ,रविन्द्र ,पवित्रा, छुल्ठिम र प्रिया (भिडियो)