गायक प्रकाश ओझाको ‘भन्दे’मा मुकुन ,रविन्द्र ,पवित्रा, छुल्ठिम र प्रिया (भिडियो)

गायक प्रकाश ओझाको स्वरमा ‘भन्दे’ गीतको म्युजिक भिडियो रिलिज भएको छ । लामो समय नेपाली कला क्षेत्रबाट टाढा रहेका ओझा यसै गीतमार्फत नेपाली गीत संगीतको क्षेत्रमा पुनरागमन गर्दैछन् । ‘भल्काइ दिन्छु बाख्राको खोर पनि’, ‘सोल्टिनी नानी’ जस्ता चर्चित गीतका गायक ओझा कमेडी फ्लेभरको गायनमा चर्चित मानिन्छन् । उनि हाँस्य कलाकार पनि हुन् ।

गीत मा शब्द र संगीत पनि ओझाको नै छ । भिडियोमा अभिनेता मुकुन भुषाल, रविन्द्र झासँगै अभिनेत्रीहरु पवित्रा आचार्य, छुल्ठिम गुरुङ र प्रिया रिजाल फिचर्ड छन् ।

बसन्त निरौलाले भिडियोलाई निर्देशन गरेका हुन् । छायांकन सुदिप बरालले गरेको भिडियोमा सम्पादन सुप्रिम पराजुलीको छ । यो भिडियोमा जोडिएको निरौला नेतृत्वको टिमले ओएसआरसँगको सहकार्यमा विभिन्न चर्चित हाँस्य कलाकारहरुको साथमा एक वेभ सिरिजसमेत तयार गरिसकेको छ ।

डिजिटल ब्रोडकास्टिङ कम्पनि ओएसआर डिजिटल प्रालीको प्रोडक्सनमा निर्माण भएको यस गीतको भिडियो युट्युव च्यानल ओएसआर डिजिटल मार्फत बुधबार दिउँसो सार्वजनिक गरिएको हो ।

 

 

Namaste Filmy

Read Previous

समिक्षा अधिकारी र सुनिल कटुवालको ‘केटो अलि कमाउने होस्’ सार्वजनिक (भिडियो)

Read Next

फिल्म ‘माया बस्छ कि के हो’ को फस्र्टलुक पोस्टर सार्वजनिक