नाजिर हुसेन र आँचल शर्मा ‘बाग्मतीको पुल’ मा (भिडियो)

नाजिर हुसेन र अभिनेत्री आँचल शर्मा अभिनित ‘बाग्मतीको पुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा नाजिर र आँचलको नृत्य देख्न सकिन्छ ।

सार्वजनिक गीतमा राजमन तामाङ र मेलिना राईको स्वर सुन्न सकिन्छ । दीपक शर्माको शब्द तथा संगीत रहेको गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन् ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा राजिव समरको करियोग्राफी रहेको छ । अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीको सम्पादन रहेको छ । भिडियोका कला निर्देशक मनिक पाख्रिन हुन् ।शान्त कुमार थापा मगरको लगानीमा निर्माण भएको भिडियो ‘एटके मोशन पिक्चर्स’को च्यानलबाट सार्वजनिक गरिएको हो ।

Namaste Filmy

Read Previous

लोकप्रिय गायक शिव परियारको स्वरमा “मेरी लक्षीमा” सार्वजनिक (भिडियो)

Read Next

सुधिर ,पुरु ,स्मारिका र समारिका अभिनित ‘माया जालैमा’ सार्वजनिक (भिडियो)